ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कञ्चनपुरमा टिपरमा लुकाइछिपाई जङ्गली बँदेलको मासु लैजाँदै गरेका ३ जना पक्राउ


कञ्चनपुर,जेठ २५ l शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जङ्गली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नम्बरको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका–६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका–११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन्।

टिपरमा अवैधरूपमा जङ्गली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ।

टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *