ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पराजयको दोष खेलाडीलाई नदिन प्रशिक्षक अलमुताइरीको आग्रह

काठमाडौं,जेठ २५ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्को खेलमा भएको पराजयको जिम्मेवारी आफूले लिने बताएका छन् ।

सोमबार विश्वकप छनोट अन्तर्गत जोर्डनविरुद्धको खेलमा नेपाल ३-० ले पराजित भएपछि प्रतिक्रिया दिँदै अलमुताइरीले खेलाडीलाई पराजयको दोष नदिन पनि आग्रह गरेका हुन् ।

पेनाल्टी क्षेत्रमा रोहित चन्दले जोर्डनका खेलाडी लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अलमुताइरीले नेपालले गरेको उक्त गल्ती जोर्डनका लागि उपहार जस्तै भएको उल्लेख गरेका हुन् ।

यद्यपी नेपालले समग्रमा राम्रो खेलेको उनले बताए । आगामी खेलमा अझ सुधारिएको प्रदर्शन गर्ने अलमुताइरीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *