ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट चीनीयाँ खोप लगाउन सुरु, उमेर खुल्ने फोटो सहितको सरकारी कागजात चाहिने

काठमाडौं,जेठ २५ । चीन सरकारले केहीदिन अघि सहयोग स्वरुप प्रदान गरेको कोरोना विरुद्धको भेरोसेल खोप आजबाट लगाउन सुरु भएको छ ।आजबाट सुरु भएको खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका नागरीकहरुलाई प्राथमिकतामा राखीएको छl

काठमाडौं महानगर पालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई नागरीकलाइ,२६ गते ६३ बर्ष,२७ गते ६२ बर्ष,२८ गते ६१ बर्ष र २९ गते ६० बर्ष उमेर समुहका नागरीलाई खोप लगाइने छ ।

२५ गतेदेखी २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ । भने काठमाडौं उपत्यकाका सबै वडा कार्यलय र खोप केन्द्रबाट खोप लगाइने छ ।

सरकारले सिमित खोप भएकोले जंनसंख्याको हिसाबले पनि यो उमेर समुहका मानिसहरु अन्य उमेर समुहका भन्दा कम भएकोले ६० देखी ६४ उमेर समुहका नागरीकलाय खोप दिन लागेको स्वास्थ्य विभाग अन्तरगत परीवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले बताए ।

६० देखी ६४ उमेर समुहका नागरीकहरु सरकारले यो भन्दा अगाडी सञ्चालन गरेको दुइ चरणको खोप अभियानमा समेटिन नसकेको कारणले गर्दा पनि यो चरणमा प्रमुख प्राथमिकतामा राखीएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

यो उमेर समुहका ८ लाख ५५ हजार नागरीकहरु छन् तर चीन सरकारले सहयोग स्वरुप प्रदान गरेको खोप १० लाख छ । सरकारले दोश्रो डोजको लागी पनि खोप सुनिश्चीत गरेर मात्र लगाउने निर्णय गरेको छ ।सरकारको यस्तो निर्णयले यो उमेर समुहका नागरीकहरु सबै यो अभियानमा समावेश हुन नसक्ने देखीन्छ ।

खोप लगाउनका लागी तोकिएको मितिमा उमेर खुल्ने फोटोसहितको सरकारी कागजात वा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोपकेन्द्रमा जान सूचित गरिएको छ ।

यस अभियानमा भेरोसिलको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाइ पनि नलगाइने स्पष्ट महानगरपालीकाले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *