ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मन्त्रिपरिषद बिस्तार विरुधको रिटको पेसी आज

काठमाडौं,जेठ २५। मन्त्रिपरिषद विस्तारविरुद्ध परेका रिटको सुनुवाई आज हुदैं छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको मन्त्रिपरिषद खारेज गर्न भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सितादेवी श्रेष्ठसहित पाँचजनाले सर्वोच्चमा दर्ता गराएका रिटमा आज सुनुवाई हुन लागेको हो ।

काम चलाउ सरकारले मन्त्रिपरिषद विस्तार गरेको भन्दैं सर्वोच्चमा मुद्दा दर्ता भएको थियो l प्रधानमन्त्री केपी ओलीले जसपा सहितको मन्त्रीपरिषद विस्तार गरेका थिए ।

रिट नेवदकहरुले उक्त मन्त्रिपरिषद विस्तार असंवैधानिक भएको दाबी गरेका छन्। भर्चुअल माध्यममार्फत सुनुवाइ गर्ने गरी सर्वोच्च अदालतले पेशी तोकेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *