ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री आज विश्वासको मत लिदैं

धनगढी,जेठ २५ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिंदैछन् ।

५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *