ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६० देखी ६४ बर्ष उमेर समुहका नागरीकलाइ लगाइने खोप कुन दिन कुन उमेरकाले लगाउने

काठमाडौ,जेठ २४ l चीन सरकारले अनुदानमा सहयोग गरेको कोरोना विरुद्धको भेरोसेल खोप जेठ २५ अर्थात भोलिबाट देशभरका ६० देखि ६४ वर्ष उमेर समुहका नागरीकहरुलाइ दिइदैं छ ।

जेठ २९ गतेसम्म चल्ने उक्त खोप कार्यक्रममा उमेरअनुसार कुन दिन कुन उमेरकाले लगाउने भनेर तोकिएको छ ।

जेठ २५ गते ६४ बर्ष
जेठ २६ गते ६३ वर्ष
जेठ २७ गते ६२ वर्ष
जेठ २८ गते ६१ वर्ष
जेठ २९ गते ६० वर्ष
तोकिएको मितिमा उमेर खुल्ने फोटोसहितको सरकारी कागजात वा वडा कार्यालयबाट उमेर खुलेको सिफारिस पत्र लिएर खोपकेन्द्रमा जान सूचित गरिएको छ ।
यस अभियानमा भेरोसिलको दोस्रो मात्रा नलगाइने पनि स्पष्ट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *