ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम: पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा

काठमाडौं जेठ २४ । हाल देशमा पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान माहाशाखाको भनाई छ ।

 महाशाखाले हाल देशका केहि पहाडी  भू-भागहरुमा आंशिक बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

महाशाखाका अनुसार आज दिउसो प्रदेश १,२ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ भने  देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ

त्यस्तै रातीपहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको महाशाखाको पूर्वअनुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *