ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछील्लो समय संक्रमण हुने भन्दा निको हुनेदर बढ्दो

काठमाडौ,जेठ २३ l देशभरका विभिन्न स्थानबाट गत चौबीस घण्टामा देशभरबाट ६ हजार ६ सय ३६ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ८३ दशमलव ५रहेको छ ।

कोरोनाका कारण थप ९९ सय जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ८ सय ९८ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जना व्यक्ति कोरोना संक्रमित भएका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४ सय ७१ जनाको पिसिआर र ३ हजार २ सय ६२ जनजाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ जना र एन्टीजेटमार्फत ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर संक्रिय संक्रमित ८९ हजार २ सय १७ जना सहित क्वारेन्टिनमा ७ सय ३१ जना रहेका छन् । देशभर आसियुमा १ हजार ४ सय ४२ जना सहित भेन्टिलेटरमा ३ सय ८१ जना रहेको मन्त्रालयले जनाएको छ ।अहिले देशभर १ सय ५७ वटा कोरोना डेडिकेट अस्पताल छन् ।

सम्पुर्ण मेडिकल कलेज ,निजी अस्पतालहरुले पनि मन्त्रालयसँग सम्झौता गरी उपचार दिइरहेका छन् । उपचारको तीन वटा प्रकृयामा उपचार दिइरहेको छ । सामान्य लक्षण भएका , मझौला र जटिल बिरामीको उपचारका लागी स्वास्थय मन्त्रालयले शुल्क तोकेको छ ।

जो स्वास्थ्य मन्त्रालय सँग सम्झौता नगरी बिरामीको उपचार गरीरहेका छ्न् उनीहरुलाइ नेपाल सरकराले तोकेको शुल्कमा ५० प्रतिशत भन्दा बढी शुल्क नलिइ उपचार गर्न मन्त्रालयले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *