ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमित संख्या घट्दै जादा अस्पतालहरुमा पनि वेर्ड खाली हुदै

काठमाडौ,जेठ २३ l दोश्रो लहर सुरु भएसँगै महामारीले भयावह अवस्था लिएको थियो । तर केही दिन यात संक्रमणदर र मृत्युदर कम भएको छ । भने अस्पतालहरुमा पनि वेड केही खाली हुन थालेको छ ।

कोरोना संक्रमण बढेसँगै अस्पतालहरुमा वेड नपाएर आँगन,पेटि र टहरामा बिरामीलाइ राखेर उपचार गर्नु पर्ने स्थिति थियो भने अहिले त्यो अवस्था नरहेको अस्पतालहरुको भनाइ छ ।

सबैभन्दा बढी संक्रमित भर्ना भएको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमर्जेन्सीमा जुन दरमा पहिले सिकिस्त बिरामी आउने गर्थ्ये त्यसमा केही कमी भएको छ ।

तर वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा रहेको र केही वेडहरु अहिले खाली रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा समगरराज भण्डारीले बताए ।

त्यस्तै महाराजगन्ज स्थीत त्रीवि शिक्षण अस्पतालमा पनि पहिले बेर्ड नपाएर बिरामीहरुलाइ बाहीर नै राखेर उपचार गर्नु पर्ने अवस्था थियो । भने अहिले त्यस्तो अवस्था नरहेको बिरामी भर्ना हुने संख्यामा कमि रहेको अस्पतालमा कार्यरत डा निरज बमले बताए ।

कुनै पनि महामारी केही समय उत्कर्ष विन्दुमा पुग्ने र केही समयपछी विस्तारै घट्दै जाने गर्छ । यो कोरोनाको पनि त्यस्तै रहेको डा भण्डारीले बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका कोरोना फोकल पर्शन अनुप बास्तोलाले पनि आफ्नो सामाजीक सञ्जालमा दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ ।

तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न नसकिने बताएका छन् ।

भने दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागे धान्न सक्ने धैर्यता सायद नरहन सक्ने बताएका छन् । त्यसैले तेस्रो लहरको सामना गर्नको लागी तयारी गर्नु आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *