ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइयो

काठमाडौं,जेठ २३ । कैलालीमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री महतोको पुत्ला जलाइएको छ ।

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै घोडाघोडी नगरपालिका–१ स्थित सुखडमा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग नेपाल र अखिल क्रान्तिकारीले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका छन् ।

उनीहरुको पुत्ला दहन गरिएको अखिल क्रान्तिकारीले जनाएको छ । पुत्ला दहन गर्नु अगाडि उनीहरुले सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *