ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ललिता निवास प्रकरण पुन:चर्चामा

काठमाडौं जेठ २३ । बालुवाटारस्थित ललिता निवास प्रकरण पुन:एक पटक चर्चामा आएको छ । उक्त  क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी गरे पछि पुन एक पटक चर्चमा  आएको हो ।

 २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै  गोरखापत्रमा सूचना जारी गरेर २१ दिनको समय दिइएको हो ।सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा नामसारी हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *