ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधिसभा विघटन विरुधका मुद्दा हेर्न वरिष्ठताका आधारमा संवैधानिकइजलास पुर्नगठन, क-कस्ले हेर्ने भए त ?

काठमाडौं जेठ २३ । प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि वरिष्ठताका आधारमा संवैधानिकइजलास पुर्नगठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा  पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मिलाउन गठित संवैधानिक इजलासमा न्यायाधीशद्वोय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ पनि परेपछि बारम्बार प्रश्न उठि पछि नयाँ संवैधानिक इजलास गठन  गर्ने सहमति भएको थियो ।

नेकपाको विवादमा ऋषि कट्टेलले नाम जुधेको भन्दै रिट दायर गरेकोमा श्रेष्ठले नेकपा नै फुटाएर माओवादी केन्द्र र एमाले पूर्ववत अवस्थामा फर्काइ दिएका थिए भने केसीले सोही मुद्दामा पुनरावलोनको इजलासमा सहभागि एका थिए ।

संसद विघटन विरुधको मुद्दालाई सोही मुद्दासंग जोडिने भन्दै अधिवक्ता गोविन्द बन्दी तथा शम्भु थापाले प्रश्न उठाएका थिए । भने सर्वोच्च अदालतमै पुगेर बारका अध्यक्ष पूर्णमान शाक्यसहितका पदाधिकारीले प्रधानन्यायाधीश राणालाई विवादमा परेका न्यायाधीश हटाएर इजलास बनाउन माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *