ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बजेटमा महामारी नियन्त्रणलाई प्राथमिकता दिन्छौँ: मन्त्री खड्का


कञ्चनपुर,जेठ २३ l सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आगामी आर्थिक वर्षको बजेटमा कोरोना महामारी नियन्त्रण र रोकथामलाई प्राथमिकता दिइने बताएका छन l

महाकाली प्रादेशिक अस्पतालमा शनिबार आयोजित भेटघाट कार्यक्रममा मन्त्री खड्काले कोरोना महामारी सबैभन्दा बढी जटिल र चुनौतीपूर्ण भएकाले आगामी वर्षको बजेट कोरोना नियन्त्रणलाई मध्यनजर गरी आउने जानकारी दिए।

“सबैभन्दा ठूलो समस्या कोरोना महामारीको छ।त्यसबारे सबैलाई जानकारी नै छ”,मन्त्री खड्काले भने, प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण र रोकथामलाई उच्च प्राथमिकता दिएर बजेट ल्याउँछ। स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर रुपमा बजेट आउँछ।” 

महाकाली अस्पताल विगतको तुलनामा सुधार भएर अघि बढेको बताउँदै उनले त्यसलाई निरन्तरता दिन प्रदेश सरकार सधैँ तयार हुने प्रतिवद्धता व्यक्त गरे।(रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *