ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अस्ट्रेलियाद्वारा नेपाली सेनालाई आवश्यक स्वास्थ्य सामग्री सहयोग

काठमाडौं,जेष्ठ २२ । अस्ट्रेलियाद्वारा नेपाली सेनालाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।

अस्ट्रेलियाले सहयोगस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री शनिबार काठमाडाैंमा आइपुगेको हो ।

अस्ट्रेलियाका नेपालस्थित राजदूत फेलिसिटी जेन भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको हो ।

कोभिड-१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अस्ट्रेलियन एयर फोर्सको जहाजमार्फत् नेपाल ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *