ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभरबाट ८६६३ जना कोरोना मुक्त,१०१ जनाको मृत्यु

काठमाडौ,जेठ २१ l स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका विभिन्न स्थानबाट गत चौबीस घण्टामा ८ हजार ६ सय ६३ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ८१ दशमलव ९ रहेको छ ।

कोरोनाका कारण थप १ सय १जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ७ हजार ७ सय ३१ जनाले ज्यान गुमाएका छन्। देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको एन्टिजेन ‍र पिसिआर विधिबाट गरीएको २० हजार ८ सय ३१ वटा नमुना परीक्षणमा देशभर ६ हजार ६ सय ५३ जनामा संक्मरण पुष्टि भएको छ ।

देशभर संक्रिय संक्रमित १ लाख ७ हजार १ सय १९ जना सहित क्वारेन्टिनमा ७ सय ५५ जना रहेका छन् ।देशभर आसियुमा १ हजार ४ सय २२ जना सहित भेन्टिलेटरमा ४ सय ४ जना उपचारत रहेको मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *