ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महत्तोको नेतृत्वमा जसपाको ठाकुर समुह सरकारमा

काठमाडौं,जेठ २१ ।राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी सरकारमा जाने भएको छ ।

महतो सहित शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, विमल श्रीवास्तव, एकवाल मियाँ र रेनुका गुरुङ सरकारमा सहभागी हुन लागेका हुन् ।

आठजना मन्त्री दुईजना राज्यमन्त्री सहित जसपाको ठाकुर समुह सरकारमा सहभागी हुन लागेको हो ।

जसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजेन्द्र महतो, जलस्रोत तथा सिँचाई मन्त्रालयमा शरतसिंह भण्डारी, शहरी विकास मन्त्रालयमा अनिलकुमार झा, खानेपानी मन्त्रालयमा विमल श्रीवास्तव र युवा तथा खेलकुद मन्त्रालयमा उमाशंकर अरगरिया जाने लगभग तय भएको छ ।

राजकिशोर यादव र लक्ष्मणलाल कर्णको मन्त्रालय टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *