ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकाले नेपाल लगायत १६ मुलुकलाई २ करोड ५० लाख खोप वितरण गर्दै

काठमाडौं ,जेष्ठ २१ । संयुक्त राज्य अमेरिकाले नेपाल लगायत १६ एसियाली मुलुकलाई करिब ७० लाख खोप दिने घोषणा गरेको छ। अमेरिकाले २ करोड ५० लाख मात्रा खोप बाँड्ने भएको छ ।जसमा नेपाललाई पनि सूचीमा समावेश गरेको छ ।

जुन महिनाभरिमा कोभिडविरुद्धको आठ करोड मात्रा खोप विश्वलाई बाँड्ने योजना बमोजिम अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख मात्रा खोप वितरण गर्ने घोषणा गरेको हो । मुलुकभर उचित तरिकाले अनि उच्च जोखिममा परेका देशहरूलाई ती खोप बाँडिने बताइएको छ। अमेरिकी राष्ट्रपति जोन बाइडनले कोभिड-१९ विरुद्ध १ करोड ९० लाख मात्रा खोप कोभ्याक्स कार्यक्रमलाई दिने घोषणा गरेका छन् ।

त्यसका अतिरिक्त ६० लाख मात्रा भारत तथा क्यानडा लगायतका देशलाई प्रत्यक्ष दिने जनाएका छन् । विश्वलाई आठ करोड मात्रा खोप वितरण गर्ने ५० लाख खोप ।नेपाललाई कति?भन्ने बारे अझै स्पस्ट जानकारी आइसकेको छैन् ।तर खोप पाउने देशहरूको सूचीमा नेपाल पनि परेको छ ।

काठमाण्डौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमा नेपाललाई प्रत्यक्ष सहयोगसहित कोभ्याक्समार्फत् ७० लाख खोप एसियाली देशहरूलाई दिइने जनाएको छ । नेपाललाई दिने खोपको यकिन संख्या तथा कुन खोप भन्ने खुलाइएको छैन।अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले प्रत्यक्ष खोप सहयोग गर्ने देशहरूमा नेपाल पनि रहेको भन्दै त्यसबारे थप विवरण चाँडै आउने बताएकी छन् ।

उक्त घोषणालगत्तै नेपालका प्रधानमन्त्री केपी ओलीले एक ट्वीट गर्दै नेपाललाई अमेरिकी खोप सहयोगको निर्णयको स्वागत गरेका छन्।उनले अमेरिकी राष्ट्रपति तथा उपराष्ट्रपतिलाई जीवन रक्षक खोपको निम्ति नेपालले गरेको अपीललाई स्वीकार गरेकोमा धन्यवाद दिएका छन्। वितरणको मापदण्डअमेरिकी राष्ट्रपति बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले खोप वितरण योजनाको मापण्ड खुलाएका छन्।

यी मापदण्डहरूमा विश्वव्यापी खोप वितरणको लक्ष्य हासिल गर्ने विषय, अति धेरै सङ्क्रमण फैलिएका तथा आपत्कालीन जनस्वास्थ्य आवश्यकता सम्बोधन गर्ने विषय तथा खोप सहयोगको निम्ति अनुरोध गरेका धेरैभन्दा धेरै मुलुकलाई सहयोग गर्ने विषय रहेका छन्, सुलिभानले भने। हामीले यीमध्ये कम्तीमा ७५ प्रतिशत खोप कोभ्याक्समार्फत् बाँड्ने निर्णय गर्‍यौँ।

यसबाट सबै देशलाई उचित तरिकाले बाँड्न सकिन्छ। तथा सबभन्दा बढी जोखिममा भएकाहरूलाई सहयोग गर्न सहजीकरण हुन्छ। बिबिसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *