ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले स्वास्थ्यकर्मीलाई खोप दिएपनि परिवार अझै जोखिममा

काठमाडौं,जेष्ठ २०। कोरोना महामारी फैलिएसँगै नेपाल सरकारले कोभिड- १९ विरुद्धको खोपको पहिलाे प्राथमिकतामा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई दिएको थियो ।

तर स्वास्थ्यकर्मीले खोप पाए पनि स्वास्थ्यकर्मीहरुका घर परिवारका सदस्य हरु भने खोप लिन बाट अझै वञ्चित छन् । अहिले सबै भन्दा बढी जोखिममा स्वास्थ्यकर्मीका परिवार रहेका छन् ।

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीकाे मनोबल उच्च राख्न र उनीहरूको परिवारकाे स्वास्थ्यकाे जिम्मा पनि सरकारको दायित्व हो भनी भरोसा दिन, स्वास्थ्यकर्मी सँग सँगै उनका परिवारलाई पनि खोपकाे प्रथामिकतामा राख्नुपर्ने बताउदै आइरहेका छन् ।

स्वास्थ्यकर्मीहरु कोरोना माहामारीको यस्तो विकराल अवस्थामा दिनरात बिरामीको सेवामा खटिरहेका छन् । तर ड्युटी सकिएपछि घर फर्किदा उनिहरुमा पनि विभिन्न कुराहरु सिर्जना हुँने र त्रास हुने चिकित्सक बताउँछन् ।

दिनभरि संक्रमितहरुको उपचारमा खटिनुपर्दा असुरक्षित हुन्छन नै ,घरमा साना बच्चाहरु देखि लिएर वृद्दा बाबा आमा पनि हुन्छन् ।नजिक हुन डर हुने चिकित्सकहरुको भनाइ छ ।

त्यसैले कोभिड १९ को अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीका घरपरिवारका सदस्यहरुलाई पनि खोप लगाउन अत्यन्त जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *