ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारले कोरोनाका बिरामीको लागि उपचार नि:शुल्क भनेपनि कर्णाली प्रदेशका केही अस्पतालले बिरामीको उपचार गर्दा पैसा लिने गरेको

काठमाडौं, जेठ २०। कोरोनाका बिरामीलाई सरकारले निःशुल्क उपचार गर्ने भने पनि कर्णालीका केही सरकारी अस्पताल संक्रमितसँग औषधि र अक्सिजनको पैसा लिँदैं आएको बिरामीका आफन्तले गुनासो गरेका छन्।

सरकारले कोरोनाका बिरामीको लागि आवश्यक सम्पुर्ण उपचार सरकारले ब्यहोर्ने बताए पनि आवश्यक औषधि र अक्सिजन बिरामी आफैँले किन्नु परेको उपचारपछि घर फर्किएका र अस्पतालमै उपचार गरिरहेका बिरामीका आफन्त बताउँछन्। औषधि र अक्सिजनका साथै बिरामीलाई चेकजाँच गर्न आउँदा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पञ्जासमेत बिरामी आफैँले किन्नु परेको जाजरकोटका हिरालाल रावलले बताए।

अस्पतालले सिटामोल समेत निःशुल्क नदिएको बताए । रावलले दश दिन राखेर बुवाको उपचार गर्दा औषधि र अक्सिजनमा मात्रै ४० हजार रुपैयाँ खर्च भएको बताए । छिमेकी र गाउँलेसँग ऋण लिएर आफन्तको उपचार गराएका उनले सबै रकम तिर्न नसकेपछि केही रकम अस्पतालले छुट दिएको बताए। प्र

देश अस्पताल सुर्खेतमा श्रीमतीको उपचार गरेका डिलाराम गौतमले पनि औषधि किन्न मात्रै ७०-८० हजार रुपैयाँ खर्च भएको बताए।तर दश दिन अस्पतालमा राखेर उपचार गरेपछि श्रीमतीलाई बचाउन नसकेको दुखेसो उनले पोखे। श्रीमान्‌को उपचार गरेर घर फर्किएकी समृता गौतमले पनि प्रदेश अस्पतालले बिरामीलाई खाना र खाजा मात्रै निःशुल्क दिएको भन्दै १३ दिन अस्पताल बस्दा औषधि किन्न मात्र ३० हजार रुपैयाँभन्दा बढी खर्च भएको बताइन्।

स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टीकाराम न्यौपाने किनेको औषधि सकिने र तुरुन्तै औषधि किन्न रकम नहुने भएकोले निःशुल्क औषधि दिन नसकिएको बताए ।एक दिनमा एकजना बिरामीको उपचार खर्च झण्डै ७ हजार रुपैयाँ आउछ ।प्रदेश सरकारले दिएको ८ लाख रुपैयाँले खरिद गरेको औषधि सकियो।थप औषधि किन्ने रकम नभएपछि बिरामीसँग औषधि र अक्सिजनको पैसा लिनुपर्ने बाध्यता आएको बताए ।

प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. विकास केसीले सीमित स्रोतसाधनका कारण सबैलाई निःशुल्क औषधिको व्यवस्था गर्न नसकिएको बताउछन् । कोरोनाभाइरस नियन्त्रणका लागि आवश्यक औषधि, स्वास्थ्य सामग्री किन्नका लागि कर्णालीका अस्पतालमा पछिल्लो एक महिनामा ४० करोड रुपैयाँभन्दा बढी रकम पठाएको प्रदेश स्वास्थ्य निर्देशनालयले दाबी गरेको छ।

प्रदेशका स्वास्थ्य निर्देशक डा. रविन खड्का कतिपय सरकारी अस्पतालले कोभिडका बिरामीसँग पैसा लिएको गुनासो आएपछि पैसा नलिन आवश्यक निर्देशन दिएको बताउँछन्। संक्रमतिको उपचारमा लाग्ने खर्च सरकारले दिने भएकोले अस्पतालले बिरामीको निःशुल्क उपचार गर्नुपर्नेमा कर्णालीवासीले पनि जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *