ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राजा विरेन्द्रको वंश विनास हुने गरी भएको हत्याकाण्डको छानविन गर्न आयोग गठन गर्दै रहस्य सदाको निम्ति अन्त्य गर्न डा. भट्टराईको आग्रह

काठमाडौं जेठ २० । पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई दरबार हत्याकाण्डबारे छानबिन गर्न आग्रह गरेका छन् ।

उने हत्या काण्ड भएको २० बर्ष पुरा हुदाँ पनि दोषी पत्ता लाग्न नसेको भन्दैं राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय र निष्पक्ष छानबिन आयोग गठन गर्न प्रस्ताव गरेका छन् ।

राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० वर्ष भइसक्दा पनि त्यसबारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृङ्खला चलिरहनु लोकतान्त्रिक गणतन्त्रका निम्ति शोभनीय नरहेको बताएका छन् ।उनले आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *