ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्वकप छनौटका लागि नेपाल र चाइनिज ताइपेई आज भिड्दै,कतारको मौसम दुवै टिमका लागि टाउको दुखाई

काठमाडौं जेठ २०। नेपालले विश्वकप छनौटका लागि आज चाइनिज ताईपेइसंग खेल्दै छ । कुवेतको जाबेर अफ एहमद अन्तराष्ट्रिय रंगशालामा नेपाल र चाइनिज ताइपेइ राति ९:४५ बजे आमन्ने सामन्ने हुदैछन् ।

जीतको लक्ष सहित मैदान प्रवेश गर्ने नेपाली टोलीलाई कुवेतकव मौसम चूनौतिपूर्ण हुने प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको भनाई छ । उनले जसरी भए पनि चाइनिज ताइपेईलाई हराउने बताएका छन् । विश्वकपमा छनौटको बाटो बन्द भएपनि एशियन कपको छनौटमा पुग्ने लक्ष्य रहेको उनको भनाई छ ।

उता चाइनिज ताइपेईका प्रशिक्षक वोम का न्ह्ुमले पनि खेलाडीका लागि  मौसम अनुकुल नभएको दावी गरेका छन् । कोरोना महामारीका कारण पुराना र अनुभवि खेलाडी उपस्थित हुन नकस्दाँ युवा खेलाडीमा भर पर्नु पर्ने त्यसमाथी कुवेतको मौसममा खेलाडी घुलमिल हुन नसकेको उनको भनाई छ ।

नेपाल र चाइनिज ताइपेइबिच अहिलेसम्म दुई पटक भएको प्रतिस्पर्धामा नेपालले एक जित निकालेको छ भने एक खेल बरावरी खेलेको छ ।

५ टिमको सहभागिता रहेको समूह बि मा नेपाल तीन अंकसहित चौथो स्थानमा छ भने अष्ट्रेलियाले खेलेको ४ मा शत प्रतिशत जित निकाल्दै १२ अंकका साथ शिर्ष स्थानमा छ । नेपालले समुहमा अहिलेसम्म एक मात्र जित चाइनिज ताइपेइबिरुद्ध निकालेको हो ।

कुनै जीत निकाल्न नसकेको चाइनिज ताइपेइ अंकतालिकाको पुछारमा छ । उसले खेलेको ५ खेलमा कुनै अंक जोड्न सकेको छैन ।

५ खेलमा १४ अंक भएको कुवेत दोश्रो तथा ५ खेलमा १० अंकका साथ जोर्डन तेश्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *