ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टी फुटाउन नेपाल पक्षको केन्द्रिय समिति बैठक बस्दैं

काठमाडौं जेठ २० ।

नेकपा एमालेको विवाद मिलाउन दोस्रो चरणका नेता सक्रिय भएकै समयमा माधव नेपालले भने नयाँ पार्टीका लागि धेरै दिन नकुर्ने जनाउदैं केन्द्रिय समिति बैठक डाकेका छन् ।

आफु निकट केन्द्रिय सदस्यलाई भर्चुअल बैठक डाकेका नेता नेपालले पार्टी फुटको विषयमा छलफल गर्ने बुझिएको छ । बुधबार आफूनिकट जनवर्गीय संगठनहरूको भेलामा भर्चुअल सम्बोधन गर्दै नेता नेपालले समाहित हुनका लागि कसैलाई पनि दबाब नदिने र नयाँ आउने आउँदै गर्ने र नआउने छुट्ने बताएका थिए । त्यस लगतै नेता नेपालले आजका लागि बैठक डाकेका हुन् ।

एमाले अध्यक्ष केपी ओली सुध्रिने कुनै संकेत नरहेको भन्दै नयाँ पार्टीका लागि नपर्खने दावी गरेकै समयमा बस्न लागेको केन्द्रिय समिति बैठकलाई विशेष महत्वका साथ हेरिउको छ ।

नेता नेपालले २ जेठमा फर्कने हो भने त्यसको इमान्दार कार्यान्वयनको विश्वास दिलाएमात्र ओलीसंग सहकार्य गर्ने बताइरहदाँ ओलीले भने त्यसका लागि अदालतमा पेश भएका मुद्दा फिर्ता लिनु पर्ने अडान राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *