ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टी फुटबाट जोगाउन दोस्रो तहका नेताको क्रियाशिलता बढ्दा माधव नेपालको नयाँ पार्टी खोल्न धेरै दिन नकुर्ने संकेत

काठमाडौं,जेठ १९ । नेकपा एमालेको विवाद मिलाउन दोस्रो चरणका नेता सक्रिय भएकै समयमा माधव नेपालले भने नयाँ पार्टीका लागि धेरै दिन नकुर्ने जनाएका छन् ।

आफूनिकट जनवर्गीय संगठनहरूको भेलामा भर्चुअल सम्बोधन गर्दै नेता नेपालले समाहित हुनका लागि कसैलाई पनि दबाब नदिने र नयाँ आउने आउँदै गर्ने र नआउने छुट्ने बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओली सुध्रिने कुनै संकेत नरहेको भन्दै नयाँ पार्टीका लागि नपर्खने दावी गरे । ओलीको छलछाममा अल्झने कुरा छैन ।

नेता नेपालले २ जेठमा फर्कने हो भने त्यसको इमान्दार कार्यान्वयनको विश्वास दिलाएमात्र ओलीसंग रहने प्रष्ट पारेका छन् । तर यहि समयमा युवा नेताहरु भने पार्टि एकिकरणलाई जोगाउने भन्दैं वार्ता जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *