ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका झण्डै १४ लाख मानिसका लागि दोस्रो मात्रा अझै सुनिश्चित हुन सकेन

काठमाडौं जेठ १९ । कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका झण्डै १४ लाख मानिसका लागि दोस्रो मात्रा अझै सुनिश्चित हुन नसक्दा चिन्ता बढेको छ।

कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका मानिसका लागि दोस्रो खोप अनिश्चित देखिएपछि स्वास्थ्य अधिकारी एवं विज्ञहरूले घर्किएको समयमा जनस्वास्थ्यका मापदण्ड थप सजगतापूर्वक पालना गर्न सुझाएका छन्।नेपाल सरकारद्वारा गठित कोभिड खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले ढिलोमा १२ सातामा लगाउनुपर्ने भएकाले त्यो समय कटेपछि ‘खोपले दिने प्रतिरोध क्षमता घट्दै जाँदा जोखिमको सम्भावना कायम रहने’ भन्दै सजग गराएका छन्।

अक्सफर्ड/आस्ट्राजेनेकाले विकास गरेर सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको खोपको झण्डै १४ लाखले पहिलो मात्रा मात्र लिएको सरकारी विवरण छ। विज्ञ समितिका डा. उप्रेती भन्छन्, “सुरुमा सोचिएभन्दा केही पछि नै भए पनि खोपको दोस्रो मात्रा लगाएपछि रोगसँग लड्ने क्षमता पुनः फर्कने भनिएकाले मानिसहरू आत्तिनु पर्दैन। तर स्वास्थ्य मापदण्ड होसियारीसाथ पालना गर्नुपर्छ।” बिबिसि

Leave a Reply

Your email address will not be published. Required fields are marked *