ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ठाकुरलाई आयोगको पत्र: केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर खै ?

काठमाडौं जेठ १९ । फुटको औपचारीक घोषणामात्र हुन बाकीँ रहेको जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरसँग निर्वाचन आयोगले केन्द्रीय समितिका पदाधिकारीको निर्णयको हस्ताक्षर माग गरेको छ ।

यादव र ठाकुर समुहले एकले अर्कोलाई कारवाहीको दोहोरी चलेको समयमा अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए ।

मंगलबार अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए ।

दुबै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आग्रह गरेका थिए । ठाकुरले भने केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले माग गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *