ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अत्यावस्यक सामाग्रीमा केही खुकुलो गरेको प्रशासनले यातायातमा भने अझ कडाई गर्ने

काठमाडौं,जेठ १९ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावस्यक सामाग्री पाइ बजार पसल खुल्ला गर्ने विषयमा केही खुकुलो गरे पनि यातायातका साधन सञ्चालनमा भने अझ कडाइ गर्ने भएको छl

बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले १६ गते देखि निषेधाज्ञमा कडाइ गरेकोलाई क्रमश खुल्ला गर्दै गएपनि सार्वजनीक यातायात सञ्चालनमा भने पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

बैठकले हाल कायम निषेधाज्ञालाई जेठ ३१ गतेसम्म लम्ब्याउने र सार्वजनिक तथा निजी यातायातका साधन आगामी २१ गतेदेखि ३१ गतेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

सार्वजनिक तथा निजी सवारी साधनहरु आगामी जेठ २१ गते बिहान १ बजेदेखि ३१ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

अत्यावश्यक सवारी साधन, खाद्यान्न, तरकारी तथा फलफूल, दुध, पानी लगायतका ढुवानीका साधनहरुलाई भने रोक नलगाइने बैठकले निर्णय गरेको छ ।

साथै, सोही बैठकबाट हालसम्म रोकिएका निर्माण सामाग्री तथा औजार ढुवानीका सवारी साधनलाई भने सञ्चालन गर्न दिने निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *