ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशैभरबाट जेठ २५ गतेबाट ६० देखी ६५ बर्ष सम्मका नागरीकलाई खोप लगाइदै

काठमाडौ,जेठ १९ l स्वास्थ्य मन्त्रालयले हप्तामा दुइ दिन प्रत्यक्ष रुपमा दिने कोरोना अपडेटमा जानकारी दिदैं प्रवक्ता कृष्ण पौडेलले चीन सरकारले उपलब्ध गराएको १० लाख खोप जेठ २५ गतेबाट ६० देखी ६४ बर्ष उमेर समुहका नागरीकलाइ लगाउने बताए ।

देशभरका विभिन्न प्रयोगशालाहरुबाट गरीएको एन्टिजेन परीक्षण ३ हजार ७३ र पिसिआर विधिबाट गरीएको १३ हजार ८ सय ५ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा १ हजार ४ सय ६५ जना सहित देशभर ५ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर परीक्षण गरेका मध्ये ३२ दशमलव ७ मा अझै पनि संक्रमण पुष्टी भइरहेको छ ।देशभरका विभिन्न स्थानबाट कोरोनाका कारण थप सय जनाले कोरोनाका कारण १ सय १ ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ७ हजार ५ सय ५५जनाले ज्यान गुमाएका छन्। गत चौबीस घण्टामा देशभरबाट ७ हजार २ सय १९ जना कोरोना मुक्त भएका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ८० दशमलव ८ रहेको छ ।

नेपाल सरकारले खरिद गरेको र विभिन्न मित्रराष्ट्रबाट सहयोगमा प्राप्त गरेको स्रोत र साधनको तीव्र परिचालन गरीएको छ । वैशाख देखी यता २ दर्जनभन्दा धेरै मित्रराष्ट्र, दातृ निकाय ,विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको छ ।दातृ निकायबाट सहयोऊ भएको विस्तृत विवरण स्वास्थ्य विभागको डियोएचएसएलएमडी डट जीवभी डट एमपी बाट लीन सकिने बताए ।

देशभर संक्रिय संक्रमित१ लाख १ हजार ९ सय ९३ जना सहित क्वारेन्टिनमा ८ सय ३७ जना रहेका छन् ।देशभर आसियुमा १ हजार४ सय ४६ जना सहित भेन्टिलेटरमा ३ सय ८५ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *