ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा पनि ब्ल्याक फंगसको संक्रमण बढ्दै

काठमाडौं,जेष्ठ १९ । कोरोना महामारीले अत्याइरहेको बेला फेरी अर्को संक्रमण देखीएको छ ।छिमेकी मुलुक भारतमामहामारी घोषणा गरीसकेको ब्ल्याक नेपालमा पनि देखा परीसकेको छ ।

यो संक्रमण नसर्ने भएपनि कोरोना संक्रमित भइ निको भएका कतिपयमा म्यूकर माइकोसिस नामको ढुसीजन्य संक्रमण देखीएको छ । यो कालो ढुसीले आँखा, नाक,मुख तथा मस्तीष्कमा असर पार्छ र आँखाको ज्योति हराउने, नाक बाङ्गो हुने तथा मानिसको मृत्यु समेत भइरहेको चिकित्सकहरु बताउछन् । कालो ढुसिका कारण नेपालमा पनि मानिसहरुको मृत्यु हुन थालेको छ ।

नारायणी अस्पतालमा उपचारत ३ जनाको मृत्यु कालो ढुसिका कारण भएपनि ल्यावबाट अहिलेसम्म आधिकारीक पुष्टि नभएको र थप संक्रमण पुष्टि भएकाहरुलाइ पनि उपचारका लागी भारत पठाएको वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत जनरल फिजिसियन डा निरज सिंहले बताए । यो रोग विशेष गरी कोरोना निको भइसकेका मानिसहरुमा देखा परीहेको छ ।

स्टेरोइड तथा एन्टिबायोटिक औषधि सेवन गरेका र गम्भीर प्रकृतिका कोभिडका बिरामीहरु जो आसियु र भेन्टिलेटरमा उपचार गराउनु पर्ने बिरामीहरु संक्रमणमुक्त भएपछि म्यूकर माइकोसिस नामको ढुसीजन्य बढी संक्रमण पाइएको चिकित्सकहरु बताउछन् । विशेष गरी मधुमेह, क्यान्सर, किड्नी, स्टेरोइड एवं एन्टिबायोटिक औषधि बढी प्रयोग गर्ने बिरामीसँग रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुदा चाडो आक्रमण गर्ने छातीरोग विशेषज्ञ डा निरज बम बताउछन्।

यसको संक्रमण अहिले नेपालगन्ज,विरगन्ज र काठमाडौं लगायतका शहरमा पनि देखा परीसकेको छ । अहिले काठमाडौंका विभिन्न अस्पतालहरुमा पनि कालो ढुसिका बिरामीहरु उपचार भइरहेको छ । यो संक्मरण हुदा मानिसहरुमा आँखा सुनिने, दुख्ने, आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने, सास फेर्न असहज हुने,ज्वरो आउने लगायतका लक्षणहरू देखा पर्छन् ।भने यो रोग विशेषगरी ४५ देखी ६५ उमेर समुहकालाइ बढी,दिर्घरोगी र लामो समय देखी धेरै खाले एन्टीबायोटिक वा स्टेरोइड औषधि लामो समयसम्म प्रयोग गर्नेहरूमा यसले बढी संक्रमण गर्ने गरेको आँखा रोग विशेषज्ञ दिपक शाह बताउछन्।

ब्ल्याक फंगसको बढ्दो संक्रमणबाट जोगीनको लागी सफा र सुख्खा मास्क प्रर्योग गर्ने, व्यक्तिगत स्वच्छतामा ध्यान दिने,धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने,जथाभावी स्टेरोइड र एन्टिबायोटिक प्रयोग नगर्ने,स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि प्रयोग गर्ने गरेमा यो संक्रमणबाट जोगीन सकिने चिकित्सकहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *