ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चिनले निर्माण गरेको सिनोभ्याक भ्याक्सिनलाई पनि विश्व स्वास्थ संगठनले आपतकालीन प्रयोगकालागि अनुमति

एजेन्सी , जेठ १९ । चिनेले निर्माण गरेको सिनोभ्याकको अर्को भ्याक्सिनलाई पनि विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोग गर्न अनुमति दिएको छ।

चीनसहित संसारका धेरै ठाउँमा प्रयोग भइरहेको सिनोभ्याकलाई डब्लुएचओले अनुमति दिएपछि अब कोरोनाभाइरसविरूद्ध चीनका दुईटा खोप हुने भएका छन्।यसअघि चिनियाँ कम्पनी सिनोफार्मले बनाएको भेरोसेल भ्याक्सिनलाई डब्लुएचओले अनुमति दिइसकेको छ। सिनोभ्याक खोप अहिले चीन, चिली, ब्राजिल, मेक्सिको, थाइल्यान्ड, टर्कीलगायत २२ ठाउँमा प्रयोग भइरहेको छ।

१८ वर्षभन्दा माथिका मानिसहरूका लागि यो खोपको दुई डोज दुईदेखि चार साताको अन्तरमा लगाउन सिफारिस गरेको डब्लुएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *