ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिने

काठमाडौं ,जेष्ठ १८ । सरकारले जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो।

मन्त्रालयका अनुसार देशभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई खोप लगाउने भएको छ ।

खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजपत्र वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य साथमा लिएर जानु पर्ने छ ।

मन्त्रालयले यसपटक खोपको दोस्राो मात्रा सुनिश्चत गरेर पहिलो डोज दिन लागेको हो। चीन सरकारले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *