ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण मृत्यु हुने संख्या एक महिना यताकै कम

काठमाडौ,जेठ १८ l स्वास्थ्य मन्त्रालयका अनुशार देशभरबाट कोरोनाका कारण थप ६८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण ७ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ ।

देशभरबाट एन्टिजेन र पिसिआर विधिबाट गरीएको २० हजार १ सय ६५ वटा नमुना परीक्षणमा देशभर ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमण पुष्टि हुने संख्या ५ लाख ६६ हजार ५ सय ८७ जना रहेका छन्।

गत चौबीस घण्टामा देशभरबाट ६ हजार ८ सय ९८ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोना मुक्त हुने संख्या ४ लाख ५४ हजार ३ सय ४४ जना रहेका छन्। हालसम्म निको हुने प्रतिशत ८० दशमलव २ रहेको छ ।

देशभर आइसोलेसनमा १ लाख ४७ हजार ८९ जना रहेका छन् । भने क्वारेन्टिनमा ७ सय २५ जना रहेका छन्। देशभर आसियुमा उपचारत १ हजार ४ सय ९१ जना र भेन्टिलेटरमा ४ सय ४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *