ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

वीरको नयाँ भवनमा आजबाट कोरोना संक्रमित बिरामीको उपचार सुरु

काठमाडौ,जेठ १८ l वीर अस्पतालको नयाँ भवनमा आजबाट कोरोना संक्रमितको उपचार सुरु गरिएको छ। सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल घोषणा गरेसँगै नयाँ भवनमा मंगलबारदेखि बिरामी भर्ना गरेर उपचार गर्न थालिएको हो ।

मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको छ । भने अक्सिजन व्यवस्थापनका लागि अक्सिजन सिलिण्डर र लिक्विड अक्सिजनको व्यवस्था गरिएको छ । अक्सिजन प्लान्ट नभएकाले अहिलेलाई कम अक्सिजन चाहीने बिरामीलाई मात्र राखिने छ ।

‍केहीदिनभित्रै १०० बेड सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।बिरामीको चाप र आवश्यकता अनुसार ५सय बेड नै सञ्चालन गर्न पनि तयारी अवस्था रहेको छ । भने अक्सिजन प्लान्टको व्यवस्थापन गर्ने तयारी गरेको छ ।

नयाँ भवनमा बिरामीको उपचार लागी वीर अस्पतालले आवदेन माग गरेको मध्येबाट १५ जना नयाँ नर्सिङ स्टाफलाई मात्र बोलाएको र थप जनशक्ति अस्पतालमै भएका जनशक्तिबाट व्यवस्थापन गरिएको छ ।

कोरोना संक्रमितको चाप बढ्दै गएपछि सरकारले वैशाखमा वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई कोरोना युनिफाइड अस्पतालको रुपमा घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *