ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौ,जेठ १८ l गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए। यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो ।

चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज हिजो राति बेइजिङ गएको थियो । उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो ।

बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले नि:शुल्क नेपाल ल्याइदिने भएको छ।

यसअघि चीनबाट ल्याइएको ८ लाख डोज खोप १८ वर्ष उमेर समूहका मानिसलाई लगाइएको थियो। त्यसमा पनि बढी काठमाडौं र आसपासका ठाउँहरूमा केन्द्रित गरिएको थियो।

त्यो बेला खोप थोरै रहेको र काठमाडौंमा बढी जोखिम रहेको ठहर गर्दै सरकारले खोपलाई काठमाडौंमा केन्द्रित गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *