ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

इजलासका सदस्यको विवादका कारण प्रतिनिधि सभा विघटनसम्बन्धी सुनुवाइ २३ गतेसम्मका लागि स्थगित

काठमाडौं,जेठ १८ । संवैधानिक इजलासका सदस्यका विषयमा विवाद बढेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ २३ गतेसम्मका लागि स्थगित भएको छ ।

संसद विघटन सम्बन्धी मुद्दाका लागि गठित संवैधानिक इजलासलाई लिएर भइरहेको विवाद पछि २३ गतेसम्मका लागि सुनुवाई स्थगित भएको छ भने न्यायाधिश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई इजलास छोडेका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनले आज प्रधानन्यायाधीश जबराको ध्यानाकर्षण गराएको थियो । त्यस क्रममा प्रधानन्यायाधीश जबराले गम्भीर खालका संवैधानिक विवादको निरुपण गर्दा वरिष्ठताका आधारमा इजलास गठन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

संवैधानिक इजलास सञ्चालन सम्बन्धी नियमावली २०७४ संशोधन गरेर वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति भएको जनाइएको छ । नियमावली संशोधनका लागि न्यायपरिषदको बैठक बसेर एक हप्ता भित्र प्रकृया टुंग्याउने र संवैधानिक विवादको निरुपण गर्दा वरिष्ठताको आधारमा इजलास बनाउने सहमति भएको हो ।

बरिताक्रममा रहेका न्यायाधीशले मुद्दा हेर्न नमिल्ने वा नसक्ने अवस्थामा लगत्तै तल्लो बरियतामा रहेका न्यायाधीशलाई इजलासमा राख्ने व्यवस्था हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *