ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्ने तयारी

काठमाडौं,जेठ १८। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो पार्नेबारे छलफल हुने भएको छ।

यसका लागि उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरूबीच मंगलबार दिउँसो ४ बजे छलफल हुने तय भएको छ । अघिल्लोपटक कोरोना महामारी नियन्त्रणको लागि एक साता कडा निषेधाज्ञा जारी गरेका सीडीओहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी हुने बताएका छन् ।

मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । पछिल्लो समय संक्रमण दर घटिरहेकाले जारी निषेधाज्ञालाई खुकुलो पार्न सकिनेबारे छलफलमा अगाडी बढेको काठमाडौं जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यलय, स्वास्थ्य मन्त्रालयका अधिकारीहरु सुरक्षा निकायसँग पनि परामर्श गरेर कोरोनाको ग्राफ विश्लेषण गरी आज बस्ने बैठकमा थप निर्णय हुने काठमाडौं जिल्ला प्रशासन कार्यलयले बताएको छ ।

पछिल्लो समयको अवस्था हेर्दा निषेधाज्ञा केही निषेधाज्ञालाई लम्बाइराख्दा सर्वसाधारणको दैनिक जीवनयापन कठिन हुने भन्दै सबैतिरको माग अनुरुप संक्रमणलाई नियन्त्रण गर्दै निषेधाज्ञालाई समेत खुकुलो पार्दै लानुपर्ने उनीहरूको राय छ । यसअघि उपत्यकामा थपिएको एक साता निषेधाज्ञा जेठ २० गते सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *