ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनले दिएको १० लाख मध्ये ८ लाख डोज खोप दुई बजे नेपाल आइपुग्दै

काठमाडौं जेठ १८ ।  बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीको चिनियाँ राष्ट्रपति सी चिनफिङसंग भएको छलफलमा सीले सहयोग घोषणा गरेको १० लाख डोज खोप मध्ये मंगलबार ८ लाख डोज खोप नेपाल आइपुग्दै छ ।

चीनले अनुदानमा दिएको खोप लिएर मंगलबार नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याइने छ ।

सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर फर्किने पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *