ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा बर्षेनी सुर्तीजन्य पदार्थको प्रयोगबाट २७ लाख भन्दा बढी मानिसको मृत्यु

काठमाडौ,जेठ १७ l आज मे ३१ अर्थात विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवश । हरेक बर्ष यो दिवश सुर्तीजन्य पदार्थको सेवन कम गराउनका लागी जनचेतनामुलक कार्यक्रम गरेर मनाउने गरीन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुशार सुर्तीजन्य पर्दाथको सेवन बाट विश्वभर बर्षेनि ८० लाख मानिसले ज्यान गुमाउने गरेका छन् भने नेपालमा २७ हजार १ सय ३७ जनाको मृत्यु हुने गरेको तंथ्याक छ । पछील्लो सकय सुर्तीजन्य पदार्थको सेवनमा युवाहरु बढी आकर्षित हुदा नियन्त्रणमा झनै चुनौती थपिरहेको छ ।

हरेक बर्ष मे ३१ को दिन विश्व स्वास्थ्य संगठनको आयोजनामा विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवश मनाउने गरीन्छ । यस बर्षको नारा सुर्तीजन्य पदार्थको छोड्ने प्रतिवद्धता भन्ने तय गरेको छ ।

सुर्तीजन्य पदार्थको सेवनले हाम्रो स्वास्थयमा कती असर गर्छ भन्ने सबैलाइ थाहा पनि छ र आजभोली हरेक व्यक्तिको लागी सामान्य कुरा पनि हो । सुर्तीजन्य पदार्थहरुको सेवनले हाम्रो स्वास्थ्यमा कतिसम्म नकारात्मक असर गर्दछ भन्ने थाहा हुँदाहुँदै पनि विकसित राष्ट्रहरु सहित नेपालमा पनि धेरै नागरीकहरु विश्वभर कुनै न कुनै बहानामा सुर्तीजन्य पदार्थ सेवनको लतमा फस्ने गरेका छन् ।

अहिले झनै सबै भन्दा धेरै सुर्तिजन्य पदार्थकको सेवन बालबालिका, किशोर किशोरीरु, युवायुवतीले बढी गरेको पाइन्छ । त्यसको बाबजुत धनि गरीब,बृद्धबृद्धादेखि चिकित्सक र स्वास्थ्यकर्मी समेतले लुकेर होस् या खुल्ला रुपमा नै सुर्तिजन्य पदार्थ सेवन गरिरहेका छन् ।

कोहीले आफ्नै सोखले त कोही साथीभाइको करले, कोहीले तनाव घटाउँछ भन्ने गलत मानसिकताले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइन्छ ।सुर्तीजन्य पदार्थको प्रयोगबाट हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारणले हुने गर्छ ।

भने हरेक १० जनामध्ये १ जना वयस्कको मृत्यु विश्वभर चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनको कारणले हुने गरेको पाइन्छ। सुर्तिजन्य पदार्थको प्रयोगले मुटुको रोग ,फोक्सोको क्यान्सर,स्वासप्रस्वास सम्बन्धी समस्या,उच्च रक्तचाप लगायतका रोगहरु लाग्ने चिकित्सकहरु बताउछन् ।

पछील्लो समय अरुको देखासिखी,लहैलहैमा लागेर धेरै युवाहरु सुर्तीजन्य पदार्थको प्रयोग गरेको पाइन्छ भने जानि जानि आफ्नो स्वास्थ्यको जोखीम समेत मोल्दै छन् । युवाहरुलाय सुर्तीजन्य पदार्थबाट टाढा राख्नका लगी परीवारको भुमीका पनि महत्त्वपुर्ण हुने बताए ।

यसले गर्रदा आउँदा पुस्ताहरुलाई साथीहरुलाई नराम्रा कुराको प्रस्तावमा कसरी नाई भन्ने जस्ता कुराहरु पनि सिकाउनु आवश्यक छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो अनि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनले हिरो हैन पक्कै जिरो बनाउँछ भन्ने कुराहरु बुझाउन पनि अहिलेको चुनौती छ ।

नत्र भविष्यका सुन्दर फुलहरु चुडीएर ओइलीएर झर्दै हुने छन् सुतीजन्य पदार्थको प्रयोगले अनि पछुताउन बाहेक केही नरहने पुर्व स्वास्थयमन्त्री खगराज बराल बताउछन्।
गत वर्षदेखि विश्वभर सुर्तीजन्य पदार्थमा लगाइएको करमा वृद्धि गरी यसको प्रयोग घटाउने प्रयत्न गरिएको थियो ।

हाल सुर्तीजन्य पदार्थको प्रयोग केहि घट्दोक्रममा देखिए तापनि उल्लेखनीय सुधार आउन अझै सकेको छैन ।पछिल्लो समयमा सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही गर्ने प्रावधान ल्याएपनि त्यो प्रभावकारी कार्यान्वयन भएको छैन ।

लत छुटाउन दिनँहुको सेवनमा कम गर्ने, सकारात्मक कुरातर्फ ध्यान लगाउने, दैनिक ब्यायाम अनि चिन्तनको शुद्धताका साथै खानपीनको उचित ध्यान दिए बानि छुटाउन सकिने अध्ययनहरुले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *