ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौबीस घण्टामा ४३६८ जनामा संक्रमण,१०९ जनाको मृत्यु

काठमाडौ,जेठ १६ l स्वास्थ्य मन्त्रालयले सातामा दुइ पटक गर्दै आएको प्रेस ब्रिफीङमा बोल्दै सह प्रवक्ता डा समिर अधिकारीले देशभरका विभिन्न स्थानमा गरेको एन्टिजेन परीक्षण १ हजार ७ सय ८४ वटा र पिसिआर परीक्षण १० हजार ९ सय ८६ वटा नमुना परीक्षण गरेकोमा काठमाडौं उपत्यकामा १ हजार ९३ जना सहित देशभर ४ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभरबाट कोरोनाका कारण थप १ सय ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ७ हजार २ सय ७२ जना रहेका छन् ।
गत चौबीस घण्टामा देशभरबाट कोरोना मुक्त ६ हजार २ सय ५ जना भएका छन्। हालसम्म कोरोनामुक्त हुने ७९ प्रतिशत २ दशमलव रहेको छ ।

हाल देशभर संक्रिय संक्रमित संख्या १ लाख ८ हजार ९७ सय रहेको छ ।भने क्वारेन्टिनमा ७ सय ६३ जना रहेका छन् । देशभर आसियुमा उपचारत १ हजार ५ सय ४५ जना र भेन्टिलेटरमा ४ सय ७ जना रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *