ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चन्द्रागिरि नगरपालिकामा सुविधासम्पन्न आईशोलेसन

काठमाडौं,जेठ १६ । चन्द्रागिरि नगरपालिकाले आफ्ना वडा अन्तर्गत रहेर सुविधासम्पन्न आईशोलेसन सन्चालन गरेको छ ।

देश कोरोना महामारीबाट ग्रसित भएको समयमा हाल अस्पताल हरु समेत भरिभराउ हुन थालेको र स्थानिय तहको सक्रियतामा नागरिसकको जीवनरक्षामा जुटनुपर्ने समय भएको भन्दै नागरपालिकाले वडाकै नेतृत्वमा छुट्टाछुट्टै आईशोलेसन सन्चालन गरेको छ । हाल चन्द्रागिरि वडा नम्बर आठमा १५ क्षमताको सुविधासम्पन्न आईशोलेसन सन्चालन भैरहेको छ ।

जसमा हाल १० जना आईशोलेट भएका छन् । कूल हालसम्म दोश्रो भेरियन्ट सुरु भएसंगै ५० जना पूर्ण रुपमा निको भएर यही सेन्टरबाट घर फर्केका छन् । वडाहरुको निगरानी साथै नगरपालिकाको निगरानी सहित प्रहरी प्रशासनसंगको सहकार्य, लायन्स क्लव संगको समन्वय, विभिन्न सामाजिक संस्था,व्यक्ती संगको हातेमालोमा यो आईशोलेसन सन्चालन भैरहेको वडाहरुले बताएका छन् ।

नगरभित्रको समस्या हाल यही आईशोलेसनाबाट हल भैरहेको छ । यसरी अस्पतालहरुलाई समेत चाप नपर्ने र बिरामीले समेत छिटो उपचार पाउने यस प्रकारको स्थानिय तहको सक्रियताको उपचार सेवा प्रभावकारी बनेको देखिन्छ ।

यसै अभियानमा हातेमालो गरेका काँग्रेस नेता मोहन बहादुर बस्नेतले सबै स्थानिय तहलाई प्रदेश र केन्द्र सरकारले सहयोग र सहकार्य गर्नुपर्ने बताए । राजनीतिलाई छोडेर सबै एकजुट भएर लाग्न सके र स्थानियतहलाई सक्रिय बनाएर काम गर्न सके कोभिड विरुद्धको लाडाईमा छिटो सफलता हात पर्न सकिने उनले बताए ।

नगरले आफ्ना नगरबासीलाई अप्ठ्यारो परे घरमै एम्बुलेन्स पठाउने, आईशोलेसन सम्म ल्याउने गरि चिकित्सक सम्मको व्यवस्था गरेको छ । जसमा अक्सिजनको समेत व्यवस्था गरिएको छ । अन्य आवश्यक्ता हेरेर नागरिकको पहुँच हुने गरि अक्सिजन प्लान्ट, आईशोलेसन सेन्टरहरु अभियान सुरु गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *