ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछील्लो केही दिन यता संक्रमित संख्या र मृतक संख्या घटदै तर जोखीम कम नभएको

काठमाडौं,जेष्ठ १६ । दोश्रो लहरबाट भयावीत बनिरहेको बेला पछील्लो एक साता यता नेपालमा कोरोना संक्मरण र मृतकको संख्या पनि घट्दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयले दैनिक दिने तंथ्याकले देखाउछ ।

नेपालमा दोश्रो लहर सुरु भएसँगै परीक्षण दैनिक २० हजारको दरले गरीरहेकोमा त्यसमा ८ देखी १० हजार संक्रमित थपिदा जेष्ठ ५ गते अहिले सम्मकै धेरै २ सय ४६ जना संक्रमितले ज्यान गुमाएका थिए । दोस्रो लहर सुरु भएपछी संक्रमितको संख्या र मृतकको संख्याले दैनिक नयाँ रेकर्ड कायम गर्दै आएको थियो । संक्रमित संख्या र जटिल बिरामीको संख्या बढ्दै जादा अस्पातलमा बेर्ड मात्र अभाव भएनन् अक्सिजन अभावमा कतीले ज्यान समेत गुमाउनु पर्ने अवस्था आयो ।

कोरोना संक्रमणबाट सबै भन्दा बढी प्रभावित बनेको नेपालगन्जको भेरी अस्पतालमा अस्पतालको ब्यवस्थापनले समेत धान्न नसक्दा भुइमा, आगनमा ,पेटिमा राखेर बिरामीको उपचार गर्नु पर्ने अवस्था समेत आएको थियो । काठमाडौंका अधिकाश अस्पतालहरुमा पनि हालत उस्तै थियो । तर पछील्लो एक साता यता कोरोना संक्रमितको संख्यामा कमी आएको छ । पहिले बिरामीले बेर्ड नपाएर भुइमा उपचार गराउनु पर्ने अवस्था रहेको भेरी अस्पतालमा बिराङ्गीको चाप हुन थालेको डा पारस पाण्डेले बताए ।

अहिले काठमाडौंकै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,टिचिङ अस्पताल र पाटन अस्पतालमा पनि पहिलेको भन्दा अहिले बिरामीको चाप केही कम भएको अस्पतालले बताएको छ । यी अस्पातलहरुमा पहिले उपचार गराउनका लागी बिरामीहरु अस्पतालकै पेटि आगनमा नै सुत्ने र उपचार गराइरहेका हुन्थ्ये। कतीले उपचार नपाएर मृतयु सम्म भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारी पहिलेको तुलनामा हाल संक्रमितको चाप घट्दै गएको बताउँछन्।

स्वास्थ्य मन्त्रालयका अनुशार पनि ‍ केही दिन यता संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । पहिले ८ देखी ९ हजारको हारारहारीमा संक्रमित पुष्टि हुने गरेकोमा ६ हजार संक्रमित पुष्टि भइरहेका छन्। तर यो भन्दैमा संक्रमणदर अब चैं घट्यो भनेर ढ्क्क हुने अवस्था अझै पनि नरहेको र जोखीम कायम रहेको मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारी बताउछन्।

अहिले लकडाउको कारणले गर्दा पनि संक्रमणको दर घटेको हो । संक्रमण तर यो भन्दैमा अब नै सबै नर्मल भयो भन्ने हैन केही संख्या मात्र कमी भएको हो । फेरी लकडाउनलाई व्यवस्थित गर्न सकिएन भने संक्रकण बढ्छ र भयावह अवस्था आउछ त्यसैले सबैले सतर्कताअपनाउने ,भीडभाड नगर्ने , जनस्वास्थ्यका मापदण्ड पालना गर्ने जस्ता कामहरुलाइ भने कार्यन्वयन गर्नु आवश्यक रहेको विज्ञहरु बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *