ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिंहदरबार भित्रका कर्मचारीहरुलाई आज र भोलि कोरोना विरुद्धको भेरोसेल र कोभिसिल्डको दोस्रो डोज खोप लगाउने

काठमाडौं ,जेष्ठ १६ । गत माघ १४ गते देखि फागुन २३ गतेसम्म कोरोना विरुद्दको भ्याक्सिन कोभिसिल्डको पहिलो मात्रा लगाएका र चैत्र २५ देखि वैशाख १५ सम्म भेरोसेलको पहिलो मात्रा लगाएका सरकारी कर्मचारीलाई आज र भोलि दोस्रो डोज भ्याक्सिन लगाइने भएको छ।

स्वास्थ्य कार्यालय काठमाडौंले सिंहदरवार परिसरभित्रका संवैधानिक निकाय, सरकारी निकाय,संवैधानिक निकाय, मन्त्रालय, विभाग, कार्यालय, सुरक्षा निकाय,सार्वजनिक संस्थान लगायतका पदाधिकारी,कर्मचारी र सुरक्षाकर्मीलाई आज र भोलि गरी २ दिन दोस्रो मात्रा भ्याक्सिन लगाउने बताएको छ।

सिंहदरवार भित्र लगाउने भएकोले पहिलो मात्रा भ्याक्सिन लगाएकाहरुले खोप कार्ड र कार्यालयको परिचय पत्र अनिवार्य रुपमा लिएर आउनु पर्ने बताएको छ । सरकारले हालसम्म २१ लाख १३ हजार ८० जनालाई कोभिड विरुद्धको कोभिसिल्ड र भेरोसेलको पहिलो मात्रा र ६ लाख ५४ हजार ८ सय ५१ जनालाई कोरोना विरुद्धको दोस्रो मात्रा लगाइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *