ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरे विवाह

एजेन्सी , जेठ १६ ।बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गरेका छन् ।

प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गर्नु भएको जनाएको छ ।उनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्र उपस्थित रहेको जनाइएको छ ।

बेलायती प्रधानमन्त्रीको सरकारी निवास डाउनिङ स्ट्रिटका सचिव थेरिस कोफीले उनलाई वैवाहिक जीवनको बधाई दिएका छन् ।भने त्यस्तै उत्तरी आयरल्याण्डका प्रथम मन्त्री आर्लिन फोस्टरले पनि ट्वीटर मार्फत् जोनसनलाई बधाई दिएका छन् ।

५६ वर्षीय जोनसनले ३३ वर्षीया प्रेमिका सिमोन्डसँग विवाह गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *