ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज जेठ १६ गते आइतबार तपाईको राशिफ

मेष राशी

भाग्यले साथ नदिएको जस्तो अनुभव हुनेछ, अनेक प्रकारको खर्च,  मानसिक तनाव, असान्दर्भिक कार्य गर्न मन लाग्ने, नकारात्मक सोच बढन सक्ने, पारिवारीक समस्या, दाम्पत्य सुखमा कमी, मान प्रतिष्ठा मा धक्का लाग्ने, सरकारी झंझट र बाधा हुने सम्भावना पनि छ, व्यवसायीहरुलाइ दिन मध्यम रहनेछ,  व्यवसायमा थप लगानी अथवा परिवर्तन गर्न मन लाग्न सक्छ, पिता वा सन्तान सँग कष्टदायी  स्थिती आउन सक्छ । कसै कसैलाई पित्त तथा आँखा सम्बन्धि समस्या आउनु को साथै खराब संगतले हानी पुरयाउने सम्भावना छ,

वृष राशी        

दिन अनुकुल छैन, कष्ट पर्ने वा हानी हुने जस्ता प्रतिकुल घटनाहरु हुन सक्छन् । अनावश्यक खर्च, संचित धनमा नोक्सानी, शत्रुहरुले रिस गर्ने, निरर्थक भयले सताउने, खानपानको गडबडी, स्वास्थ्यमा समस्या, आफन्तसँग झगडा वा मित्रसँग विवाद, दाम्पत्य सुखमा कमी, मानसिक चिन्ता, घाउ चोटपटक दुर्घटना जस्ता अनिष्ट फलहरुको  सम्भावना छ, कसै कसैलाई अरुलाई भन्न नमिल्नेखालको गोप्य कुराहरुमा मन बहकिन सक्छ ।

मिथुन राशी

दिन राम्रो रहनेछ । हरेक कार्यमा विजयी, शत्रुहरु पराजित हुने, मान सम्मानको प्राप्ति, धन लाभ, उत्तम भोजन, व्यवसायीक लाभ, प्रेम सम्बन्धमा सुखद अवसर प्राप्त, दाम्पत्य सुख मिल्नुको साथै मनोरन्जनमा समय बित्नेछ । स्वास्थ्य राम्रो रहने वा सुधारोन्मुख रहने , कसै कसैलाई व्यर्थको श्रम गर्नु पर्ने हुन सक्छ , निरर्थक विवाद र गलत व्यक्तिहरुको सम्बन्धबाट जोगिनु भएमा दिन अति सुखद रहनेछ,

कर्कट राशी

दिन अनुकुल रहनेछ । कुटुम्ब तथा मातृ सुख प्राप्ति, आर्थिक लाभ, शारिरिक आरोग्यता प्राप्ति, दाम्पत्य सुख, भोग विलाश तथा शयन सुख, आदर सत्कार पाइने, पारिवारिक सुख, शत्रुबाधाहरुबाट मुक्ति, आर्थिक लाभ, विवाद, झमेला लगायत अन्य कुराहरुमा विजयी हुने वा सजिलो अवस्था बन्ने योग छ । विद्यार्थी तथा व्यवसायी वर्गलाई समय राम्रो छ । कुनै पुरानो रोग अथवा पेटसम्बन्धि समस्या भने दोहोरिन सक्छ,  यात्रा गर्दा भने सचेत रहनुहोला,

सिंह राशी

व्यर्थमा अलमल हुने खालको समय छ, धन हानी, अधिक खर्च, मानसिक खिन्नता, कर्ममा गतिरोध, अपयशको भागि बन्नु पर्ने, चोटपटकको भय, दाम्पत्य सुखमा बाधा, स्वास्थ्य हानी लगायत कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । सोचेको आँटेको काम पुरा हुन अलि मेहनत गर्नु पर्ने दिन छ।  अरुहरुसँग हुने विवादबाट आज टाढै रहनु होला ।

कन्या राशी

दिन सावधानी अपनाउनु पर्ने खालको छ ।  आफन्त तथा बन्धुजन वा अन्य नजिकका बिच वैमनस्यता बढने सम्भावना छ, रोग र चिन्ता र कलहले पिडा दिनेछ, धन हानी हुने वा बढी खर्च हुने, कार्यस्थलमा गतिरोध रहने, सरकारी काम वा प्रशासनिक कार्यमा झमेला आउन सक्ने, मान सम्मान दिन वा प्रशंसा गर्न अरुले कन्जुस्याईं गर्ने छन्, दाम्पत्य सुखमा बाधा आउनुको साथै मित्रतामा पनि अप्ठयारो स्थिती उत्पन्न हुन सक्छ,

तुला राशी

भाग्यले साथ दिनेछ । आत्मविश्वास बढने, आर्थिक लाभ हुने, मित्र वा नजिककाहरुबाट सहयोग पाइने, गरेका कार्यहरु सफल हुने, आरोग्यता प्राप्ति, शत्रुबाधाको साथै आँखा लाग्ने अवस्थाबाट मुक्ति मिल्नेछ ।  दाम्पत्य जीवनमा खुशीको अवसर प्राप्त हुनेछ, कसै कसैलाई छोटो छोटो लाभदायक भ्रमण हुन सक्छ । प्राविधिक क्षेत्रमा तथा अनलाइन व्यवसायमा संलग्न हुनेहरुलाई दिन शुभ  रहने छ ।

वृश्चिक राशी

मानसिक असन्तोष उत्पन्न गराउने खालको दिन छ ।  गरेको काममा बाधा आउने वा ढिलो हुन सक्ने, कुटुम्बसँग मनमुटाव बढन सक्ने, सन्तान पक्षबाट समस्या या विवाद हुन सक्ने, छातीभन्दा माथिको भागमा समस्या आउन सक्ने, गलत काममा वा गोप्य कुरामा मन जाने, विद्यार्थीहरुको पढाइबाट मन हटने, जथाभावी खानपानले स्वास्थयमा प्रतिकुलता आउन सक्छ । कसै कसैलाइ कानूनी समस्यामा परिने सम्भावना भएकोले सचेत रहनु होला ।

धनु राशी

भाग्यले साथ दिनेछ, सुख समृद्धि, निरोगिता, उत्तम भोजन प्राप्ति, परोपकारी कार्यमा मन जाने, वंशज तथा कुटुम्बजनको सहयोग प्राप्त हुने, धनधान्यको वृद्धि, मित्र बृद्धि, गृह सुख, वस्त्र वा उपहार आदि प्राप्त हुने, आदर सत्कार पाइने योग चलेको छ, शैयया सुख, वैवाहिक सुख मिल्ने । प्र्रेम सम्बन्धको लागि दिन राम्रो रहनेछ । व्यावसायीक साझेदारी वा अन्य किसिमको पार्टनरशीपको लागि दिन राम्रो छ । लगानीको लागि समय ठीक छ ।

मकर राशी

विविध प्रकारको भयले ग्रसित हुनु पर्ने वा मनलाई चिन्ता पार्ने कुराहरु सोचिरहनु पर्ने हुन सक्छ , आलस्य, ईष्र्या, विवेकहीनता, मानसिक तनाव जस्ता गलत कुराले मन विचलीत हुन सक्छ, वृत्ति व्यवसायमा संकट, आर्थिक स्थितीमा गिरावट, यात्रामा कष्ट, आफन्तमा वैरभाव वा नजिककाहरुसँग विवाद हुने, मानहानी, स्थानहानी, कानूनी समस्या, पदच्यूति, जस्ता नकारात्मक फल प्राप्त हुन सक्छन् । कसै कसैलाई भने अर्काको भनाइ खानु पर्ने अवस्था आउन सक्छ ।

कुम्भ राशी

दिन आनन्दायक रहनेछ, शुभ समाचार आउन सक्ने । शरिरमा जोश जाँगर र उत्साहको संचार हुने , ऐश्वर्य, पद प्रतिष्ठा, मान, कीर्ति यशमा वृद्धि, गरेको काममा सफलता, व्यवसायमा उन्नति, धन लाभ, उत्तम भोजन, बन्धुसुख, स्त्रि सुख, मित्र सुख वा मित्रहरुबाट फाइदा । आय स्रोत सम्बन्धि नयाँ विचार आउन सक्छ, अगाडि बढनुहोला, पुराना अडकिएका कार्यहरुले गति लिनेछन । जागिरमा कसै कसैलाई चिताएको ठाउँमा स्थानान्तरण वा पदोन्नतिको सम्भावना छ, व्यापारी वर्गलाई दिन राम्रो छ, लगानीलाइ पनि दिन शुभ छ ।

मीन राशी

विशेष सुखानुभूति दिलाउने खालको दिन छ, रिस गर्नेहरु माथि विजय, सन्तति सुख, धन लाभ, कार्यमा सफलता एवम् बौद्धिक, आर्थिक तथा सामाजिक पक्षमा उन्नति हुने योग छ । रोजगार, नोकरी वा व्यवसायको क्षेत्रमा परिवर्तन खोजिरहनु भएको छ भने समय राम्रो आएको छ । चिताएको फल पाउने अथवा कुनै शुभ समाचार आउन सक्ने सम्भावना छ  । विद्यार्थीहरुको लागि भने अलि मेहनत गर्नु पर्ने दिन छ, चिना हेराएर अगाडि बढनु भएमा भाग्यको पूरा सहयोग पाइने छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *