ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाल- इराक मैत्रीपुर्ण खेल केही बेरमा सुरु हुदैं

काठमाडौं जेठ १५ । विश्वकप छनौट खेलको पूर्वसन्ध्यामा इराकसंग नेपालले खेल्ने मैत्रीपुर्ण खेल केही बेरमा सुरु हुदै छ ।

इराकबिरुद्ध नेपाली टिमले केही समय पछि अर्थात सवा दश बजे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल पछि नेपाल विश्वकप क्वालिफायर/एसियन कप क्वालिफायरको लागि सिधै कतार प्रस्थान गर्ने छ । विश्वकप छनोटमा समूह ‘बी’ रहेको नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ।

चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ। समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०-१० अंक छ। नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।

नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *