निजि क्षेत्रले पनि आयोडिनयुक्त नुन उत्पादन गर्न पाउने
काठमाडौं ,जेष्ठ १५ । आर्थिक बर्ष २०७८/७९ को बजेट विनियोजन गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले नेपाल सरकारले अब आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने घोषणा गरेको छ ।
आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउने भन्दै निजी क्षेत्रलाई पनि सहभागी गराउने घोषण गरेको छ ।
हालसम्म आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको थियो ।