ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बजेटबाट उत्साहित भएपनि कार्यान्वयनमा चूनौतिका चाङ देख्छ नीजि क्षेत्र

काठमाडौं जेठ १५ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष ७८-७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेट सार्वजनीक गरे । पूर्व अर्थमन्त्री खतिवडा भन्दाँ लोकप्रिय बजेट ल्याएका पौडेलले नीजि क्षेत्रलाई निकै राहत दिएका छन् ।

कोरोना महामारीका कारण आक्रान्त बनेको नीजि क्षेत्रलाई बजेटले निकै टेवा दिएको छ । जसका कारण नीजि क्षेत्र बजेटबाट उत्साहित भए पनि कार्यान्वयनमा भने चूनौति रहेको दावी गरेका छन् । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेट राम्रो आएको तर कार्यान्वयनमा भने चूनौती रहेको बताएका छन् ।

सरकारसंगको भएको छलफल भन्दाँ फरक अवस्थामा बजेट आएकाले आफ्ना सुझावहरु नसमेटिएनि समग्रमा बजेट राम्रो आएको उनको भनाई छ । गत बर्षहरुमा समेत बजेट राम्रो आउने गरेको तर कार्यान्व्यनमा समस्या हुने गरेको भन्दै अध्यक्ष यो बर्ष पनि सोही समस्या दोहोरीने दावी गरे नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बजेटले नीजि क्षेत्रलाई समेटेको प्रतिकृया दिए ।

सरकारले आन्तरिक तथा बाह्य पर्यटन दुवैलाई प्रोत्साहन गरेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *