ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

यातायात तथा भौतिक पूर्वाधारमा १ खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन

जेठ १५, काठमाडौं । सरकारले यातायात तथा भौतिक पूर्वाधारमा १ खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । सरकारले यातायात तथा भौतिक पूर्वाधारमा १ खर्ब ६३ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ ।

पुल, सडक, फ्लाईओभर, सडक आयोजना, राजमार्ग, करिडोर, चक्रपथ, सार्वजनिक यातायात, रेल तथा जल यातायात समावेश गरिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ६ अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेको छ । एक वर्षभित्र यो राजमार्गको निर्माण गरिसक्ने घोषणा अर्थ मन्त्रीले गरेका छन् ।

३० वर्ष अघिबाट बनाउन सुरु गरिएको हुलाकी सडक अझै बनिसकेसकेको छैन । यस्तै तराई मधेश दुतमार्गको लागी ८ अर्ब १५ करोड विनियोजन गरेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत १८ जिल्लालाई जोडने गरि २ अर्ब ६६ करोड विनियोजन गरेको छ । यही आर्थिक वर्षमा सम्पन्न गर्ने गरि ३ सय पुल सम्पन्न गर्ने गरि ११ अर्ब १० करोड विनियोजन गरेको छ ।

यस्तै सरकारले काठमाडौंको जाम हटाउन तीनकुनेदेखि जडीबुटीसम्म सुरूङमार्ग बनाउने भएको छ । काठमाडौंमा सबैभन्दा जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसका लागि १ अर्ब ८० करोड बजेट छुट्टाएको जानकारी दिए । भने चक्रपथ विस्तारका लागि २ वर्षमा सम्पन्न गर्ने गरि २ अर्ब ६४ करोड विनियोजन गरेको छ ।

सुरुङमार्गमा कूल ९ अर्ब धेरै बजेट सरकारले छुट्टाएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि रेलमार्गमा १० अर्ब ३ करोड रकम बजेट विनियोजन गरेको छ । यस्तै बजेटमा सार्वजनिक यातायात प्राधिकरण गठन गर्ने , काठमाडौमा १ सय विद्धुतिय बस सन्चालन गर्ने सबै सावरीमा ईम्बोष्ड नम्बर लगाउने, मालवहाक सावरीमा जिपिएस जडान गर्ने,ई टिकटिङ सुरु गर्ने भएको छ ।

उपत्यकामा मेट्रो रेल सन्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं उपत्यकामा मेट्रो रेलदेखि काठमाडौं रक्सौल र केरूङ पोखरा रेलमार्गका लागि सम्भाव्यता अध्ययन र जोगबनी विराटनगरमा रेल चलाउने, जनकपुर जयनगरमा रेल चलाउने लगायतका योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *