ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना खोपका लागी २६ अर्ब ७५ करोड बजेट विनियोजन

काठमाडौं ,जेष्ठ १५ । अर्थ मन्त्री विष्णु पौडेल आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सबै उमेर समुहका व्यक्तिलाई खोप लगाउन २६ अर्व ७५ करोड बजेट विनियोजन गरेको बताए ।

सरकारले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ।मन्त्री पौडेलले कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि जनशक्तीको अभाव हुन नदिन अवकाश प्राप्त तथा इन्टर्नसिमा रहेका स्वास्थ्यकर्मीलाई समेत तलब र ५० प्रतिशत जोखिम भत्ता उपलब्ध हुनुका साथै गरी एकवर्षको सेवा करारमा लिएर खटाउने व्यवस्था मिलाइएको जनाकारी दिए ।

कोरोना संक्रमण नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सीमानाका तथा विमानस्थलमा हेल्थ डेस्क सञ्चालन र होल्डिङ सेन्टर स्थापना गरीने छ ।स्थानीय तहमा क्वारेन्टिन निर्माण, कन्ट्याक ट्रेसिङ, आइसोलेसन सेन्टर स्थापना, जनशक्तीको व्यवस्थापन र औक्षषधि उपकरणको नियमित आपूर्तिका लागि यो रकम विनियोजन गरिएको मन्त्री पौडेलको भनाइ छ ।

कोरोना संक्रमतिलाई उपचारका लागि शैय्या अभाव हुन नदिने बताए । होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यक पराशर्म र उपचारका लागि घुम्ति सेवा कल सेन्टर, मनोसामाजिक परामश, आपतकालिन उपचार र अक्सिजन सपोट लगाएतका सेवा निशुल्क उपलब्ध गराइएको बताए । सरकारले अक्सिजनको अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयात गर्दा लाग्ने भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिएको छ।

अक्सिजन उद्योग स्थापना गर्न आवश्यक पर्ने उपकरण आयातमा भन्सार र मुल्य अभिवृद्धि कर पूर्ण रुपमा छुट दिने गरी बजेट ल्याइएको बताएका हुन्।उनले सामुदायिक तथा निजी अस्पतालमा अक्सिजन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान समेत दिने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *