ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७८- ७९को बजेट- स्वास्थ्यमा प्राथमिकता, कोरोना केन्द्रित बजेट

काठमाडौं जेठ १५ । कोरोना महामारी नियन्त्रणलाई प्राथमितामा राखेर अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्ष २०७८- ७९को बजेट सार्वजनीक गरेका छन् ।

प्रतिनिधिसभा विघटन भएको अवस्थामा अध्यादेशबाट बजेट ल्याएका मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा १ खर्व २२ अर्व ७७ करोड बजेट विनियोजन गरेका छन् । कोरोना महामारीका विचमा गत बर्ष अर्थमन्त्री डा युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा वर्ष ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेका थिए ।

स्वास्थ्य विमा, प्रादेशिक अस्पतालको निर्माण जस्ता विषयलाई प्रथमितामा राखिएर बजेटको सिलिङ निर्धारण गरिएकोमा यो पटक थप १ खर्व २२ अर्व ७७ करोड बजेट विनियोजन भएको छ । कोरोनाकै कारण स्वास्थ्य क्षेत्रमा लगातार बजेट बढ्दो क्रममा रहेको छ । कोरोना सुरु हुन पहिला वर्ष ६८ अर्ब ७८ करोड बजेट विनियोजन हुदाँ अघिल्लो वर्ष ९० अर्ब ६९ करोड बिनियोज भएकोमा यो बर्ष १ खर्व २२ अर्व ७७ करोड पुगेको हो ।

गत बर्ष कोरोनाबाट बच्ने किसिमको बजेट आएकोमा योपटक खोप खरिद,अक्सिजन लगायतमा केन्द्रित देखिन्छ । कोभिड संकटका कारण यसको रोकथाम, उपचार, नियन्त्रणका लागि बजेटको आकार बढाइएको जनाईए पनि स्थ्यकर्मीको कोभिड भत्ताका विषयलाई प्राथमिकता दिएको मन्त्री पौडेलको भनाई छ । सरकारले कोरोना विरुधको खोप खरिदका लागि २६ अर्व ७५ करोड, कोरोनाको उपचारमा ३७ अर्व ५३ करोड तथा औषधी खरिदका लागि ५ अर्व ७० करोड विनियोजन गरेको छ ।

सरकारले करोना परिक्षण तथा उपचारका लागि निशुल्क गर्ने जनाउदाँ अक्सिजन प्लान्ट जडान गर्न सहुलियत तथा कर छुट गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *