ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चौबीस घण्टामा देशभरबाट ६ हजार ८० जना निको भएका छन

काठमाडौ,जेठ १५ l देशभरबाट गत चौबीस घण्टामा देशभरका विभिन्न स्थानबाट ६ हजार ८० जना कोरोना मुक्त भइ घर फर्किएका छन्। हालसम्म निको हुने संख्या ४ लाख ३४ हजार ७ सय ५० जना रहेका छन् । हालसम्म निको हुने प्रतिशत ७८ दशमलव ६ रहेको छ ।

गत चौबीस घण्टामा १ सय १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संख्या ७ हजार ६३ जना रहेका छन्। देशभरबाट गत चौबिस घणंटामा एन्टिजेन र पिसिआर १४ हजार ७ सय ५२ वटा नमुना परीक्षण गर्दा देशभर ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर संक्रिय संक्रमित १ लाख ११ हजार ५ सय ९ जना र क्वारेनटीनमा ८ सय ९१ जना रहेका छन्। देशभर आसियुमा १ हजार ६ सय १४ जना र भेन्टिलेटरमा ४ सय ५७ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *